नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआइसिसिआई) ले १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
उक्त सभामा संरक्षक राजेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए।
सभामा चेम्बरका गतिविधि, प्रगति विवरण तथा वित्तीय विषयमा समीक्षा गरिनुका साथै नेपाल र इटालीबीचको व्यापार, लगानी तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
एनआइसिसिआईको नयाँ कार्यसमितिमा अध्यक्ष सञ्जय अग्रवाल, वरिष्ठ उपाध्यक्ष रूपक राजवंशी, उपाध्यक्षद्वय मनोज कुमार ज्ञवाली र अरणिको राज भण्डारीको नेतृत्वमा चेम्बर सञ्चालन हुँदै आएको छ।
यसैगरी, महासचिव मनोज श्रेष्ठ भडेल, सचिवद्वय रोम नाथ घिमिरे र विनोद सग्तानी तथा कोषाध्यक्ष पवन कुमार अग्रवाल नयाँ कार्यसमितिमा चयन भएका छन्।
त्यस्तै, एनआइसिसिआईको नयाँ कार्यसमिति सदस्यहरूमा बसुमाया तामाङ, बिना प्याकुरेल श्रेष्ठ, भुवनेश्वर फैजु, वीरन्द्र शाही, किशन सुनार, सञ्जय कुमार अग्रवाल, सुमित कुमार बन्सल, सुशील कुमार जैन, युगेश भक्त बडे श्रेष्ठ, सुनिता सिंह, संघर्ष बिष्ट, गम्भीर मान श्रेष्ठ, योगेन्द्र विक्रम थापा, दम्बर पराजुली तथा कल्याण सिलवाल रहेका छन्।
सदस्यहरूको सक्रिय सहभागिताका साथ सम्पन्न भएको उक्त सभाले नेपाल–इटाली आर्थिक सहकार्य प्रवर्द्धनतर्फ एनआइसिसिआईको निरन्तर प्रयासलाई थप सुदृढ बनाएको छ।