सफ्टवेरिका कलेज अफ आइटी एन्ड इकमर्सले हालै विद्यार्थीहरूलाई व्यावसायिक अवधारणा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ।
कलेजमा अध्ययनरत विद्यार्थी तथा पूर्वविद्यार्थीलाई विभिन्न व्यावसायिक व्यक्ति तथा लगानीकर्तासमक्ष आफ्नो नवीन व्यावसायिक अवधारणाहरू प्रस्तुत गर्ने मौका प्रदान गर्ने गरी बिहीबार (१४ चैत) एक बिजनेस पिचिङ इभेन्ट आयोजना गरिएको हो।
कलेजका अनुसार सो कार्यक्रममा दुई विद्यार्थी समूह सहभागी थिए। उनीहरूले कार्यक्रममा आ–आफ्ना विभिन्न अवधारणाहरू प्रस्तुत गरेका थिए। जसमध्ये एक रहेको थियो, धिरेन हमालले प्रस्तुत गरेको सुपर एप।
सो एपले मेसेजिङ, पेमेन्ट सोलुसन्स, साना व्यवसायहरूको डिजिटल रूपान्तरण, राइड सेयरिङजस्ता विभिन्न सेवाहरू एउटै प्लेटफर्मबाट दिने लक्ष्य राखेको छ।
हमालले उक्त एप बनाउन सफ्टवेरिका कलेजकै २०१२ का विद्यार्थी मोहित श्रेष्ठ (प्रोडक्ट ओनर), सहसंस्थापक तथा प्रमुख प्राविधिक अधिकृत (सिटिओ) अनन्त विजय दौलिया र अर्का एक जना वित्तीय सल्लाहकारसँग सहकार्य
गरेका छन्।
त्यस्तै अर्को प्रोडक्ट थियो मार्केट ल्याब। यो एडटेक कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा केन्द्रित ट्रेन्डिङ फण्ड म्यानेजमेन्ट र लगानीसम्बन्धी कोर्सहरू उपलब्ध गराउने बताइएको छ।
यस अवधारणा भने कलेजका अन्तिम वर्षका विद्यार्थी आशिष सापकोटाले प्रस्तुत गरेका थिए।
कलेजको यस्तो प्रेरणादायी कार्यक्रममा विद्यार्थीहरूको व्यावसायिक सोच सुन्न र सके सहयोग गर्न ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा. मनीष थापा, डोल्मा इक्विटी फण्डका इन्भेस्मेन्ट एसोसियट एकेन्द्र जोशी, बिजनेस कन्सल्ट्यान्ट सुदीप भाजु उपस्थित थिए।
त्यसैगरी एभरेष्ट कलेजका संस्थापक तथा प्रिन्सिपल अनुप आचार्य, सनवे कलेजका निर्देशक कुशल रेग्मी र सनवे कलेजकी सञ्चालन निर्देशक सिमोली देसाई रहेका थिए।
यस कार्यक्रमले विद्यार्थीहरूलाई उद्योगका अनुभवी व्यक्तिहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने, सुझावहरू लिने, आफ्नो पेशागत सञ्जाल विस्तार गर्ने तथा सम्भावित लगानी अवसरहरू खोज्ने अवसर प्रदान गरेको बताइएको छ।
त्यसैगरी, सफ्टवेरिका कलेजले उद्यमशीलता तथा नवप्रवर्तन प्रवर्द्धन गर्न विद्यार्थीहरूलाई प्रेरित गर्ने प्रतिबद्धता झल्काएको जनाइएको छ।