नेपाली विद्यालय तथा कलेज बास्केटबलको इतिहासमा प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलले नयाँ इतिहास रचेको कलेजले बताएको छ।
प्रिमियरले +२ छात्रहरूको उपाधि जित्दै पहिलो हिसान ललितपुर बास्केटबल प्रतियोगिताको पहिलो च्याम्पियन बन्ने गौरव हासिल गर्यो।
प्रतियोगिता भरी प्रिमियर इन्टरनेसनलले रणनीतिक खेल, अनुशासन टिमवर्क प्रदर्शन गर्दै हाम्रो देशको स्कुली बास्केटबलमा नयाँ मापदण्ड स्थापित गर्यो। फाइनल खेलमा प्रिमियरले लिटल एन्जल्स स्कुललाई पराजित गर्दै ट्रफी उचाल्यो।
+२ छात्राहरूको फाइनलमा लिटल एन्जल्स स्कुलले ब्लुबर्ड स्कुललाई कडा प्रतिस्पर्धामा हराउँदै उपाधि जित्यो।