ब्रिटिस एजुकेशन ग्रुपका सिइओ राजन कँडेल सम्मानित भएका छन्।
शिक्षा क्षेत्रमा अतुलनिय योगदान गरेवापत कँडेललाई लण्डनस्थित युनिभर्सिटी अफ ग्रीनविचले एक कार्यक्रम बीच सम्मान गरेको हो।
ग्रीनविचको एल्मुनाईको समारोहमा नेपाल, बेलायत, युएई तथा क्यानडाका विभिन्न समुदायलाई ग्लोबल एजुकेशनको पहुँचमा ल्याउन मदत गरेको भन्दै कँडेल सम्मानित भएका हुन्।
कार्यक्रममा ग्रीनवीचका उपकुलपति प्रोफेसर जेन ह्यारिब्टनले विश्वव्यापी शिक्षामा कँडेलको प्रभावको प्रशंसा गरे।
कँडेलले सन् २००६ मा ग्रीनवीच युनिभर्सिटीबाट कम्प्युटिबमा बीएससी (अनर्स) हासिल गरेका हुन्।