नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गरी यो वर्ष पनि छात्रवृत्ति प्रदान गर्ने भएको छ।
कम्प्युटर एशोसिएसन नेपाल क्यान महासंघसँगको सहकार्यमा फाउण्डेशनले सातै प्रदेशका ४९ जना विद्यार्थीलाई आंशिक तथा पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको हो।
‘नेसनल आइसिटी स्कलरसिप– २०८१’ का लागि आवेदन समेत खुला भएको फाउण्डेशनले जनाएको छ।
छात्रवृत्ति कार्यक्रमको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले औपचारिक उद्घाटन गरे।
देशका सातै प्रदेशका विद्यार्थीलाई समान अवसर दिने उद्देश्यले प्रत्येक प्रदेशबाट एक छात्रालाई पूर्ण छात्रवृत्ति र अन्य ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई. पंकज जालानले बताए।
यस्तै फिमेल मेरिट आईसीटी स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट चार जनालाई गरी २८ जना छात्रालाई छात्रवृत्ति दिइने जालानको भनाइ छ।
काठमाडौंको डिल्लीबजारस्थित लर्डबुद्ध एजुकेशन फाउण्डेशनले आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ।
देशका सातै प्रदेशका विद्यार्थीलाई समान अवसर दिने उद्देश्यले प्रत्येक प्रदेशबाट एक छात्रालाई पूर्ण छात्रवृत्ति र अन्य ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई. पंकज जालानले बताए।
साथै, फिमेल मेरिट आइसिटी स्कलरसिपअन्तर्गत प्रत्येक प्रदेशबाट चार जनालाई गरी २८ जना छात्रालाई छात्रवृत्ति दिइनेछ भने आइसिटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जना गरी २१ जनाले छात्रवृत्ति प्राप्त गर्नेछन्।
छात्रवृत्ति कार्यक्रमको सफल कार्यान्वयनले नेपालभित्र रहेको डिजिटल विभाजन कम गर्ने तथा अन्य संस्थाहरूलाई सार्वजनिक–निजी साझेदारीमा यस्ता पहल गर्न प्रेरित गर्ने अध्यक्ष ई. जालानको विश्वास छ।
सूचना प्रविधिको अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि ठूलो अवसरको रूपमा रहेको ’नेसनल आइसिटी स्कलरसिप – २०८१’ ले डिजिटल नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान दिने उनको विश्वास छ।
क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीच भएको सम्झौता अनुसार ४९ जना विद्यार्थीले कुल दुई करोड १३ लाख एक हजार रुपैयाा बराबरको छात्रवृत्ति प्राप्त गर्नेछन्।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन (एपीयू) को सम्बन्धनमा सञ्चालित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनमा स्नातक तह बिएस्सी आइटी अध्ययन गर्न पाउनेछन्।
छात्रवृत्तिका लागि नेपाल सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस टु वा सो सरह उत्तीर्ण गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्।
आवेदन क्यान महासंघको वेबसाइट (scholarship.can.org.np) मार्फत २०८१ फागुन २५ गतेसम्म दिन सकिनेछ।
आवेदन फारमसागै कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि, एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिस पत्र संलग्न गर्नुपर्नेछ।