रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत रहेको रिलायन्स इन्टरनेसनल एकेडेमी चाबहिलले आरइएन विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव-२०२५ को आयोजना गर्न लागेको छ।
फागुन १ देखि ३ गते गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा साहित्यका विविध गतिविधिहरू समेटिने छन्।
यो प्रदर्शनीमार्फत करिब ५००० विद्यार्थीहरू लाभान्वित हुने आयोजकहरूको अपेक्षा छ।
विज्ञान, सूचना प्रविधि, कला, साहित्य र अनुसन्धानमा रुचि राख्ने विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइ उपलब्ध गराउनु यसको प्रमुख उद्देश्य हो।
प्रदर्शनीमा ४९ स्टलहरू रहनेछन्, जसमा विज्ञान र सूचना प्रविधिसम्बन्धी खोज, अनुसन्धान तथा नवीनतम प्रविधिहरू समेटिएका हुनेछन्।
प्रमुख आकर्षणहरू:
कस्तुरी मृगको संरक्षण र दिगो व्यवस्थापन
तितलीहरूको संसार (फोटो ग्यालरी र स्लाइड प्रस्तुति)
स्मार्ट सिटी: सौर्य तथा वायु ऊर्जा उपयोग गरेर ३D मोडल निर्माण
ज्वालामुखी विस्फोटको प्रस्तुति र यसको प्रभावहरू
स्मार्ट सिँचाइ प्रणालीको प्रदर्शन