अल्फा अटोमोटिभ प्रालिका दक्ष टेक्निसियन बिनोद महर्जन 'सुपर स्क्वाड ३.० ग्लोबल टेक्निसियन कम्पिटिसन' मा पहिलो रनर–अप भएका छन्।
फेब्रुअरी ६, २०२५ मा भारतको चेन्नईमा सम्पन्न उक्त प्रतियोगितामा बिनोदले पहिलो रनर–अपको स्थान हासिल गरेका हुन्।
महर्जन रोयल इनफिल्ड नेपालको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि अन्तर्गत, नक्साल सर्भिस सेन्टरका सिनियर टेक्निसियन हुन्।
मोटरसाइकल मर्मत तथा प्रविधिगत समस्याहरूको समाधान गर्ने सीपमा आधारित यो प्रतियोगिता विश्वभरका ४० देशबाट छनोट भएका उत्कृष्ट टेक्निसियनबीच प्रतिस्पर्धा भएको थियो।