एपेक्स कलेजले क्लास अफ २०२४ को सम्मानमा यो विशेष दीक्षान्त समारोह आयोजना गरिएको छ।
यो समारोहले विद्यार्थीहरूको शैक्षिक उपलब्धिको माइलस्टोन र नयाँ अध्ययको सुरुवातको सन्देश दिन्छ।
यसले विद्यार्थीहरूलाई अभिभावक, संरक्षक, शिक्षक, र साथीहरूको सहयोगको महत्त्व स्मरण गराउँदै, कलेजमा बिताएका अमूल्य क्षणहरूको सम्झना दिलाउने अवसर प्रदान गर्छ।
यो माइलस्टोन दीक्षान्तले एपेक्स कलेज र आइएनजिबीचको पहिलो दिक्षान्त समारोह सँगैको सबैभन्दा उल्लेखनीय साझेदारीको पराकाष्ठा पनि संकेत गर्दछ।
यस वर्ष कलेजबाट कुल २५८ विद्यार्थीहरू दिक्षित हुँदैछन्, जसमा १५० स्नातक (ब्याचलर्स) डिग्री प्राप्त गर्ने र १०८ स्नातकोत्तर (मास्टर्स) डिग्री प्राप्त गर्ने विद्यार्थीहरू छन्।
वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको कलेजको भनाइ छ।
यी विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुर्याउँदै इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन्।
यस वर्षको छात्रवृत्ति एपेक्स कलेज बिबिए –बैंकिङ र इन्स्योरेन्सका विद्यार्थी यादव प्रसाद पाण्डेलाई प्रदान गरिएको छ।
उनी कलेजका १५० विद्यार्थीहरूमध्येबाट छानिएक हुन्। उनले एपेक्स कलेजमै एमबिए अध्ययनलाई निरन्तरता दिने छन्। यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन्।