नेपाल प्रिमियर लिग क्रिकेटको पहिलो सिजन पूर्ण सुरु भएको छ। धेरै क्रिकेट फ्यानहरूले आफ्नो मनपर्ने टोलीहरूको समर्थन स्टेडियममा पुगेरै गरिरहेका छन्, भने धेरैले आफ्नो घरबाटै लाइभ हेरिरहेका छन्।
घरमै हेरिरहेका दर्शकहरूको लागि अझ ठूलो स्क्रिनमा खेलको मनोरञ्जन लिन सामसङ नेपालले टिभीहरूमा ३१ प्रतिशतसम्म छुट अफर ल्याएको छ।
यस अफरमा क्युएलईडी टिभी, क्रिस्टल युएचडी ४के टिभीहरू र एफएचडी टिभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको छ।
ग्राहकहरूले १२ महिनाको अवधिमा शून्य ब्याजदरमा टिभी खरिद गर्न सक्नेछन्। यो सेवा ग्राहकहरूले सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्छन्।
एक्सचेन्ज पार्टनर आर्कोस्टोरद्वारा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टिभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ।
यो अफर आगामी पुस १६ गतेसम्म लागु हुनेछ।