भाटभटेनी सुपरमार्केट्सले आफ्ना ५४ जना सदस्यलाई ६ दिनका लागि थाइल्यान्ड पठाउने भएको छ।
शुक्रबार उनीहरू थाइल्यान्ड जान लागेका हुन्। उक्त यात्राको नाम ‘भाटभटेनी रिट्रिट्स टुर’ दिइएको छ।
थाइल्यान्डमा रहँदा उनीहरूले त्यहाँको जीवन्त संस्कृतिका बारेमा जानकारी लिनेछन्। त्यस्तै, थाइल्यान्डका विभिन्न क्षेत्रमा पुग्ने र त्यहाँको अवलोकन गर्ने अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले जानकारी दिए ।
भाटभटेनीका सिओओ पानु पौडेलका अनुसार अध्यक्ष गुरूङले थाइल्यान्ड जाने समूहलाई बिदाइ गर्दै शुभकामना व्यक्त गरेका छन्।
छ दिनको बसाइँपछि नेपालमा त्यहाँ देखेका र सिकेका कुराले फाइदा पुग्ने गुरूङले बताए।
'यो पहिलो टोली भएकाले अरू टोलीलाई पनि विभिन्न चरणमा थाइल्यान्डसहित अन्य मुलुकमा पनि पठाउने तयारी गरिएको छ,' सिओओ पौडेलले भने।