बोस्निया र हर्जेगोभिनाको कन्सुलेटद्वारा फोटो प्रदर्शनी


नेपाल स्थित बोस्निया र हर्जेगोभिनाको कन्सुलेटले बोस्निया र हर्जेगोभिनाको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउँदै दक्षिण पूर्वी युरोपमा अवस्थित उक्त राष्ट्रको पर्यटन प्रचारको उद्देश्यले तस्बिरहरुको एक विशेष प्रदर्शनी आयोजना गरेको छ।

उक्त प्रदर्शनीको उद्घाटन संयुक्त रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारी तथा बोस्निया र हर्जेगोभिनाका राजदूत डा. साबिट सुबासिचद्वारा एक विशेष समारोहमा गरिएको थियो।

बोस्निया र हर्जेगोभिना एक उचित युरोपियन गन्तब्य पर्यटकीय स्थलको रुपमा प्रख्यात छ।

बोस्निया र हर्जेगोभिनाको प्राकृतिक सुन्दरता तथा संस्कृति र त्यहाँका नागरिकहरुलाई तस्बिरका माध्यमबाट परिचित गराउने यस प्रदर्शनीको मूल उद्देश्य रहेको बताइएको छ।

उक्त प्रदर्शनी सार्वजनिक रुपमा ललितपुरको झम्सिखेलमा अवस्थित इभोक बिस्ट्रो तथा क्याफेमा ३ गते देखि ५ गतेसम्म चल्ने बताइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.