आइएमई इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच नगद रहित सेवा सम्झौता


आइएमई जनरल इन्स्योरेन्स र नर्भिक इन्टरनेश्नल हस्पिटलबीच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण धरले हस्ताक्षर गरे।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नर्भिक इन्टरनेश्नल हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुने जनाइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.