प्रभु बैंक र नेपाल मेडिसिटी अस्पताल बिच सम्झौता


प्रभु बैंक र नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल) बिच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई सेवा सुविधामा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौतामा बैंकका तर्फबाट ‘चिफ मार्केटिङ्ग अफिसर’ अशोक खड्गी र नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे।

प्रभु बैंक र नेपाल मेडिसिटी बिच सम्पन्न द्धिपक्षीय सम्झौता बमोजिम प्रभु बैंकका कर्मचारी तथा बैंकका ‘प्रिभिलेज कस्टुमर एवं डेविट तथा क्रेडिट कार्ड होल्डर’हरुलाई नेपाल मेडिसिटीबाट प्रदान गरिने सेवाहरुमा लाग्ने सेवा शुल्कमा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.