भारतबाट आउने चिनीलाई ४२ करोड कर छुट


अघिल्लो वर्षको साउनदेखि गएको असार मसान्तसम्म नेपाल सरकारले भारतबाट चिनी ल्याउन ४२ कोड ९७ लाख रुपैयाँ कर छुट दिएको छ।

महालेखा परीक्षकको कार्यालयको प्रतिबेदनअनुसार सरकारले साल्ट ट्रेडिङले ल्याउने त्यस्तो चीनीमा लाग्ने भन्सार महसुल, अन्तःशुल्क र मूल्य अभिवृद्धि करबापत छुट दिएको हो।

राष्ट्रिय उद्योगलाई भन्सार महसुललगायतका संरक्षण एवं प्रोत्साहन गर्नुपर्नेमा नेपालमै उत्पादन हुने भएपनि सरकारले भारतबाट आउने चिनीलाई सहुलियत दिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.