सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा जलविद्युत सर्वेक्षण, उत्पादन, प्रसारण र वितरणमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने भएको छ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन्।
उर्जा क्षेत्रको अनुसन्धान र विकासमा जोड दिँदै जलविद्युत उत्पादन प्रसारण र वितरणलाई व्यवस्थित गरिने उनले बताए।
उर्जा सुरक्षाका लागि विद्युत उत्पादन विविधिकरण गरिने पनि बजेटमा उल्लेख छ।
बजेटले जलाशययुक्त जलविद्युत आयोजना विकासलाई प्राथमिकतामा राखेको छ।