सरकारले सडक र सुरूमार्ग निर्माणलाई प्राथमिकता दिने जनाएको छ।
आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्ने क्रममा आगामी वर्षबाट दुई वटा सुरूङमार्ग सञ्चालनमा आउने जनाइएको छ।
त्यस्तै अर्थमन्त्री पौडेलले अध्ययन सम्पन्न भएका सुरूमार्गहरू दुम्किवास, बर्दघाट, खुर्कोट, बबई, शक्तिखोर हेम्जा, नयाँ पुल, कुलेखानी-भीमफेदी, धरान लेउतीको निर्माणको लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाइने बताए।
टोखा-छहरे, शिवपुर भालुवाङ, रानीघाटा-भुरीगाउँ, दोलालघाट चर्नावती, हात्तीसार बबई सुरूमार्गको अध्ययन सम्पन्न गरिने बताइएको छ।