८२ प्रतिशत निर्माण सकिएको ललितपुरको ग्वार्को फ्लाइओभरका केही भाग भत्काएर पुनर्निर्माण अघि बढाइएको छ।
मापदण्डअनुसार काम नभएको पाइएको केही भाग भत्काउनु परेको हो।
गुणस्तरहीन निर्माण भएको भेटिएपछि 'प्रिकाष्ट प्यानल' भत्काइएको हो।
सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल चर्केपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएको हो।
पर्खाल लगाएर माटो भरिएको सातदोबाटोतर्फको केही भाग भत्काइएको छ। करिब ४० मिटर पर्खाल भत्काएर पुन: बनाउने काम अघि बढेको छ।
कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइ ओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइ ओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्याम्प निर्माण हुनेछ।
फ्लाइओभर निर्माण काम आशिष-समानान्तर जेभीले गर्दै आएको छ।
तस्बिरहरू:
-1742116739.jpg)
-1742116739.jpg)
-1742116739.jpg)
-1742116738.jpg)
-1742116738.jpg)
-1742116737.jpg)
-1742116737.jpg)
-1742116735.jpg)
-1742116736.jpg)
-1742116736.jpg)
-1742116734.jpg)
-1742116734.jpg)
-1742116735.jpg)
-1742116734.jpg)
-1742116734.jpg)
-1742116733.jpg)
-1742116733.jpg)