पृथ्वी राजमार्गको मलेखु-मुग्लिन खण्डमा धमाधम स्तरोन्नतिको काम भइरहेको छ।
तीन वर्षमा सक्नेगरी पश्चिम खण्डको ३९ किलोमिटर सडक स्तरोन्नतिको काम २०२२ डिसेम्बरदखि सुरू भएको थियो।
पहिलो वर्षमा काम निकै सुस्त थियो। गत वर्षको पुस महिनासम्म आयोजनाको भौतिक प्रगति पाँच प्रतिशत मात्रै थियो।
अघिल्लो वर्षको तुलनामा यसपालि काम द्रूत गतिमा भइरहेको योजना प्रमुख केदारप्रसाद नेपालले जानकारी दिए।
उनका अनुसार हालसम्म भौतिक प्रगति २४ प्रतिशत छ। यद्यपि दुई वर्षको अवधिमा २४ प्रतिशतमात्रै काम सम्पन्न हुनु सन्तोषजनक भने होइन।
'काममा ढिलासुस्ती भयो भनेर आलोचना पनि भयो। तर यो वर्ष द्रूत गतिमा काम भइरहेको छ। आर्थिक वर्षको अन्तिमसम्म ४८ प्रतिशतम भौतिक प्रगतिको लक्ष्य राखेका छौं,' योजना प्रमुख नेपालले भने।
३९ मध्ये तीन किलोमिटर कालोपत्रे सकिएको उनले बताए। कालोपत्रे एक महिनादेखि तीव्र गतिमा भइरहेको छ। त्यस्तै यही आर्थिक वर्षमा ६ मध्ये चार वटा पुल निर्माण गरिसक्ने लक्ष्य छ। थप दुई पुल अर्को आर्थिक वर्षमा सम्पन्न गर्ने र बाँकी काम पनि समयमै सम्पन्न गर्ने उनले दाबी गरे।
'ठेक्का अवधी अझै बाँकी छ। निर्धारित समयमा काम सम्पन्न गर्नुपर्छ भनेर हामीले निर्माण कम्पनीहरूलाई पनि घचघचाइरहेका छौं,' उनले भने।
निर्माण सामग्रीहरूको अभाव, नदीजन्य निर्माणसामग्रीहरू तोकिएको समयमा मात्रै निकाल्न पाइने, विद्युतका पोलहरू समयमा नसारिएको कारण पनि काममा ढिलासुस्ती भइरहेको उनले बताए।
'अर्कातिर निर्माण व्यवसायीहरूको पनि कमजोरी छ। स्रोत साधनहरू समयमा उपलब्ध नगराउने, ढिलासुस्ती गरिदिने लगायत छन्। अहिले हामीले निरन्तर घचघचाइरहेका छौं,' उनले भने।
उक्त खण्डमा दैनिक दुई सयभन्दा बढी जनशक्ति परिचालन गरी काम भइरहेको उनले बताए।
उनकाअनुसार बाक्लो बस्ती भएका चार ठाउँमा सडक चार लेनको बन्नेछ।
विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटारमा गरेर ७.१५ किलोमिटर सडक चार लेनको बन्ने उनले बताए। उकालोमा सडक ३ लेनको बनाइने छ। ३ लेनको बन्ने उकालो सडक ३ किलोमिटर नै छ।
तस्बिरहरूः
-ink-1741331018.jpeg)
-ink-1741331018.jpeg)
-ink-1741331018.jpeg)
-ink-1741331018.jpeg)
-ink-1741331017.jpeg)
-ink-1741331017.jpeg)
-ink-1741331017.jpeg)
-ink-1741331017.jpeg)
-ink-1741331016.jpeg)
-ink-1741331015.jpeg)
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।