उर्जा, जलश्रोत तथा सिँचाईंमन्त्री दीपक खड्काले २०३५ भित्र उर्जा क्षेत्रलाई चलायमान बनाइ २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताएका छन्।
शुक्रवार काठमाडौंमा आयोजित दाना खोला हाइड्रोपावर योजनाको वित्तीय व्यवस्थापन हस्ताक्षर समोरोहलाई सम्बोधन गर्दै उनले सरकारले हालै मन्त्रिपरिषद् बैठकबाट १० वर्षभित्र २८ हजार ५ सय विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बताएका हुन्।
'अहिले हामीसँग जम्मा ३५ सयको हाराहारीमा छ। अब २५ सय मेगावाट विद्युत अबका १० वर्षमा बनाउनुपर्ने छ। त्यसकारणले पनि हिजो भन्दा आज फरक छ। सरकारले निश्चित लक्ष्य र उद्देश्य लिएको छ,' मन्त्री खड्काले भने।
उनले विद्युत उत्पादनका लागि पनि सबै पूर्वाधार बनिसकेकाले धेरै समय नलाग्ने दाबी पनि गरे छ।
'अब यसरी आयोजनाहरु थन्किएर बस्न पाउँदैनन् र बस्दैनन्। त्यसकारणले यो मजबुत सरकार हो। निजी क्षेत्रलाई पनि यसमा लगानी गर्न उत्साहित गरिन्छ भनेपनि हुन्छ, बाध्यकारी बनाइन्छ भनेपनि हुन्छ,' उनले भने।