पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि एक सातासम्म आंशिक बन्द हुँदैछ।
सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले पुस ७ गते देखि १३ गतेसम्म दिनको तीन घन्टा सडक बन्द गर्न लागिएको हो ।
नागढुङगा–मुग्लिन सडक योजना अन्तर्गत पश्चिम खण्ड बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी रोकेर काम गरिनेछ।
सो खण्डको पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।
यसैगरी चितवनबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ।
यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिनेछ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने छ।
उक्त सडकखण्डमा अहिले पनि काम चलिरहेको छ। सडक चौडा पार्ने, ग्याबिन पर्खाल लगाउने र ढलान गर्ने काम अहिले पनि भइरहेको छ।
हेर्नुस् तस्बिरमाः
सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी ।