ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र विश्व बैंकका प्रतिनिधिबीच भेटवार्ता भएको छ।
ऊर्जा मन्त्रालयमा आज भएको भेटमा मन्त्री खड्काले माथिल्लो अरूण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैंकका प्रतिनिधिसँग आग्रह गरेका छन्।
मन्त्री खड्काले अपर अरूण जलविद्युत आयोजनामा विश्व बैंकले यसअघि केही रकम लगानी गरिसकेको भन्दै थप आवश्यक लगानी जुटाई त्यसलाई टुंगोमा पुर्याउनुपर्ने बताए।
माथिल्लो अरूण आयोजनालाई अगाडि बढाउने विषयमा ऊर्जामन्त्री खड्काले गतसाता भारतका विद्युत मन्त्रीसँग समेत छलफल गरेका थिए।
भेटमा विश्व बैंकका प्रतिनिधिले मााथिल्लो अरूण आयोजनामा आउने समस्यालाई समाधान गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरेका थिए।