बुटवल वितरण केन्द्रअन्तर्गत रहेको जिबी टेक्सटाइलले बक्यौता रकमको पहिलो किस्ता तिरेको छ। पहिलो किस्ता तिरेसँगै उद्योगमा विद्युतको लाइन जडान भएको छ।
शुक्रबार यो उद्योगले पहिलो किस्ता अन्तर्गत ४९ लाख ४९ हजार रूपैयाँ बुझाएको हो। उद्योगमा रहेको दुईवटा मिटर अनुसार क्रमशः ३५ लाख ३७ हजार र १४ लाख १२ हजार बक्यौता रकम बुझाएको हो।
नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल बापतको बक्यौता नबुझाएको भन्दै बिहीबार राति ४३ उद्योगको विद्युत लाइन काटिदिएको थियो।
डेडिकेटेड फिडर तथा ट्रंक लाइन बापतको बक्यौता विवादमा यसअघि पनि प्राधिकरणले उद्योगहरूको विद्युत काटिदिएको थियो।
यसअघि प्राधिकरणले कात्तिक ८ गतेसम्मको समय सीमा दिएको थियो।
प्राधिकरणका अनुसार बिहीबार मात्रै पाँच उद्योगले बक्यौता बापतको महसुल बुझाएका थिए।