नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) का लागि आह्वान गरेको छ।
प्राधिकरणले नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत आयोजनाको पिपिएका लागि प्रवर्द्धकहरूलाई आह्वान गरेको हो।
प्राधिकरणले पिपिएका लागि तोकेको माथिल्लो सीमा ६ हजार ७५० मेगावाट र ४ हजार पाँच सय मेगावाट नपुगेसम्म पिपिए गरिने प्राधिकरणले जनाएको छ।
ग्रिड कनेक्सन सम्झौता भएको मितिलाई आधार मानेर रोल क्रमअनुसार पिपिए हुनेछ।
मंगलबार एक सूचना प्रकाशित गर्दै ३५ दिनको समय राखेर तोकिएको अवधिभित्र निवेदन रोल क्रमका आधारमा पिपिए गरिनेछ।
यस्तो छ सूचना: