नेपालमा ६० प्रतिशत बिजुली घरायसी कामका लागि खर्च हुने गरेको देखिएको छ।
खाना पकाउन, बत्ती बाल्न लगायत विभिन्न घरायसी कामका लागि ६० प्रतिशत बिजुली खर्च हुने गरेको देखिएको हो।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को एक प्रतिवेदनअनुसार २२.१७ प्रतिशत बिजुली औद्योगिक क्षेत्रमा खर्च हुने गरेको छ।
त्यस्तै १०.४९ प्रतिशत यातायात, ४.७९ प्रतिशत व्यवसायिक कामका लागि खर्च हुने गरेको देखिएको छ। निर्माण क्षेत्रका लागि १.०२ र अन्य क्षेत्रमा ०.९४ प्रतिशत बिजुली खर्च हुने गरेको देखिएको छ।
हालसम्म दुई हजार ७९४ मेगावाट बिजुली उत्पादन भइरहेको छ। चार हजार ४५२ मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन अवस्थामा छन्। १२०० मेगावाट पिपिएका लागि आवेदन छ।
सर्वे लाइसेन्सका लािग पनि १२०० मेगावाटको आवेदन छ।