हुलाकी राजमार्गको ९१ प्रतिशत काम सकिएको छ।
सडक विभागका अनुसार आर्थिक वर्ष २०७९/०८० सम्म वित्तीय प्रगति पनि ९१ प्रतिशत नै भएको छ।
सडकको कुल लम्बाई एक हजार ८५७ किलोमिटर मध्ये एक हजार ३९ किलोमिटर सडक कालोपत्रे भएको छ। २५० पुल निर्माण गर्ने लक्ष्य लिइएकोमा १३२ वटा पुल निर्माण सकिएको विभागले जनाएको छ।
आर्थिक वर्ष २०७९/०८० मा मात्रै १४८ किलोमिटर सडक कालोपत्रे भएको छ। उक्त वर्ष १६ वटा पुल निर्माण भएका छन्।