नेपाल विद्युत प्राधिकरणले सर्वसधारणलाई प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन्।
प्राधिकरणको नाफामा एक अर्ब चार करोडले गिरावट आएको छ। आर्थिक वर्ष २०७९/८० मा नाफा १२ अर्ब ३३ करोड रूपैयाँ पुगेको प्राधिकरणका घिसिङले जानकारी दिए।
आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणको कुल नाफा १३ अर्ब ३७ करोड रूपैयाँ थियो।
२०७९/८० मा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा विद्युत उत्पादनमा कमी आएकोले नाफा घटेको हो।
प्राधिकरणले विद्युत बिक्री र अन्य आम्दानी दुई वर्षअघिको तुलनामा भने बढेको जनाएको छ। यस्तो आम्दानी दुई वर्षअघिको तुलनामा ८१ अर्ब रूपैयाँ थियो। अहिले बढेर एक अर्ब १८ अर्ब पुगेको घिसिङले जानकारी दिए।
प्राधिकरणको सञ्चित नाफा दुई वर्षमा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड पुगेको उनले बताए।