नागढुंगा सुरूङ मार्गको सहायक (इभ्याकुएसन) सुरूङ भोलि (साेमबार) 'ब्रेक थ्रु' हुने भएको छ।
आयोजना प्रमुख नवीनमान श्रेष्ठले सुरूङ भोलि ४ बजे ब्रेक थ्रु गर्ने बताए।
इभ्याकुएसन सुरूङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर छ। यो सुरूङ आपतकालीन अवस्थाका लागि प्रयोग गरिन्छ।
आयोजनाको मुख्य सुरूङ भने अब ५०० मिटर खन्न बाँकी रहेको उनले बताए।
मुख्य सुरूङ दुई हजार ६ सय ८८ मिटर लामो छ। यो सुरूङ दसैंसम्म ब्रेक थ्रु हुने गरी काम भइरहेको उनले बताए।