तीजको दिन चाँदी महँगियो, सुन स्थिर


तीजको दिन चाँदीको मूल्य बढेको छ भने सुनको स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ।

अघिल्लो दिन प्रतितोला ७५० मा कारोबार भएको चाँदी आज ७५५ कायम भएको छ। सुनको मूल्य भने अघिल्लो दिनकै प्रतितोला ५५ हजार ४ सय कायम भएको छ।

ठीक एक वर्षअघि पनि सुनको मूल्य प्रतितोला ५५ हजार ५ सय रुपैयाँ थियो। यसबीचको अवधिमा सुनको मूल्य न्यूनतम ५२ हजार ८ सय रुपैयाँसम्म झरेको छ भने उच्चतम ५६ हजार ३ सयसम्म पुगेको छ।

तीजका कारण पछिल्ला दिनमा दैनिक सरदर ३५ केजीसम्म सुनको कारोबार भएको महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.