चार सयले सस्तियो सुन, चाँदी पनि घट्यो


बिहीबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५४ हजार ६ सयमा कारोबार भएकोमा आज ५४ हजार २ सय रुपैयाँ कायम भएको छ।

त्यसअघि मंगलबार ५४ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको सुन दुई दिनमा ६ सय रुपैयाँले घटेको छ। त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ७४० रहेकोमा आज ७३० कायम भएको छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.