सुनको मूल्य ५५ हजार नजिक, चाँदी पनि महँगियो


सुनको मूल्य ५५ हजारनजिक पुगेको छ। साताको पहिलो दिन आइतबार प्रतितोला ४ सय रुपैयाँले सुन महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार ५४ हजार ८ सय रुपैयाँ कायम भएको छ। यो मूल्य डेढमहिनायताकै महँगो हो।

त्यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले महँगिएको छ। अघिल्लो दिन ७३५ रुपैयाँमा कारोबार भएकोमा आज ७४५ कायम भएको महासंघले जनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.