सुनको मूल्य एक महिनायताकै उच्च


सुन एक महिनायताकै उच्च मूल्यमा पुगेको छ। आज ४ सय रुपैयाँले महँगिएपछि सुनको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला ५४ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन ५४ हजार १ सय थियो। यसअघि सुन असार २६ गते ५२ हजार ८ सय रुपैयाँसम्म झरेको थियो।

चाँदी पनि महँगिएको छ। चाँदी आज प्रतितोला ७४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। यसअघि हिजो ७३५ थियो। यसअघि असार २६ गते ७०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.