शुक्रबार सुनको भाउ तोलामा ६ सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार शुक्रबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३८ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ३७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ। बिहीबार तीन हजार १० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तीन हजार २० पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा अहिले सुन प्रतिऔंस तीन हजार ९ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।