लगातर घट्दो क्रममा रहेको सुनको भाउ बुधबार थप घटेको छ। बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला सात सय रूपैयाँले घटेको हो। 
मंगलबार सुन प्रतितोला दुई लाख ३७ हजार रूपैयाँमा किनबेच भइरहेकोमा बुधबार दुई लाख ३६ हजार तीन सय रूपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ। 
अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस तीन हजार नौ सय ५८ डलरमा कारोबार भइरहेको छ। 
बुधबार चाँदी पनि तोलामा ४५ रूपैयाँले बढेर दुई हजार नौ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने चाँदी दुई हजार नौ सय २० रूपैयाँमा कारोबार भएकाे थियो।