स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा प्रतितोला एक हजार दुई सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुन तोलाको दुई लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन तोलाको दुई लाख ३८ हजार रूपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ७० रूपैयाँले बढेको छ। बुधबार प्रतितोला २९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार तीन हजार २५ रूपैयाँमा कारोबार भइरेहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४० सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।