स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार तीन सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
संघका अनुसार मंगलबार दुई लाख २१ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला दुई लाख २३ हजार रूपैयाँ पुगेको छ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले बढेको छ। मंगलबार २६ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला २७ सय पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३७ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।