स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ९ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
संघका अनुसार बुधबार दुई लाख १६ हजार एक सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार दुई लाख १५ हजार दुई सय रूपैयाँमा कारोबार भएको छ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला ३० रूपैयाँले घटेको छ।
बुधबार प्रतितोला दुई हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार दुई हजार पाँच सय ३० रूपैयाँमा कारोबार भएको छ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।