नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको भाउ स्थिर छ।
आइतबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार पनि छापावाल सुन प्रतितोला एक लाख ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यसअघि सुनको भाउले वैशाख ९ गते नयाँ रेकर्ड कायम गरेको थियो। उक्त दिन सुनको भाउ एक लाख ९७ हजार नौ सय रूपैयाँ कायम भएको थियो।
सोमबारको यो मूल्य अघिल्यो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ कम हो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर छ।
आइतबार प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३४ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।