सुन यस वर्ष यताकै महंगो


सुन यस वर्षकै महंगो हुँदा प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार अघिल्लो दिन ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन प्रतितोला ५ सयले बढेर ५८ हजार ९ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै स्टान्डर्ड सुनको मूल्य प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपयाँले बढेको छ। अघिल्लो दिन ७ सय ४५ रुपैयाँ प्रतितोलामा करोबार भएको चाँदी बढेर ७ सय ५० रुपैयाँमा कारोबार भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.