सुनको मूल्य स्थिर


आइतबार सुनको मूल्य प्रतितोला ५७ हजार ३ सय कायम भएको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार ४ सय रुपैयाँले घटेर ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएकोे थियो।  आइतबार पनि सुनको मूल्य सोहि कायम भएकोे छ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ७ सय ४० रुपैयाँ कायम भएको छ। चाँदी अघिल्लो दिन पनि सोहि रकममा कारोबार भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.