हुवावेले ल्यायो तीन नयाँ ‘पावरफुल’ फोनहरु


चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी हुवावेले ‘मेट’ सिरिज अन्तर्गत दुई तथा एक फोन एकसाथ सार्वजनिक गरेको छ।

विश्वकै तीन अग्रणी स्मार्टफोन कम्पनी मध्येको एक हुवावेले जर्मनीको म्युनीमा एक कार्यक्रमको आयोजना गरी ‘मेट टेन’, ‘मेट टेन’ प्रो र ‘पोर्स’ गरी तीन फोन सार्वजनिक गरेको हो। यी फोनहरुमा हुवावेले धेरै नविनतम फिचर्सहरु समावेश गरेको छ।

हुवावेले यी फोनहरुमार्फत आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) तथा किरिन ९७० चिपसेट प्रयोगको सुरुवात समेत गरेको छ।

सार्वजनिक गरिएका मध्ये मेट टेनमा ५.९ इन्चको क्युएचडी एलसिडी डिस्प्ले तथा गुगलको पछिल्लो अपेरेटिङ सिस्टम एन्ड्रोइड ८.० ओरियो रहेको छ।

फोनमा ४ जीबी र्याम तथा ६४ जीबी इन्टरनल स्टोरेज छ। त्यस्तै फोनको पछाडि पट्टि एफ/१.६ अपेचर लाइका लेन्स, एलइडी फ्ल्यास, फोरके २० र १२ मेगापिक्सेलका गरी दुई क्यामेरा छन् भने सेल्फीका लागि एफ/२.० अपेचर लेन्स भएको ८ मेगापिक्सेलको क्यामेरा समावेश गरिएको छ। त्यस्तै फोनमा फास्ट चार्जिङको सुविधासहितको ४ हजार एमएएच क्षमताको ब्याट्री छ।

मेट टेन प्रोमा भने ६ इन्चको फुल ओलेड डिस्प्ले, किरिन ९७० प्रोसेसर तथा एन्ड्रोइड् ८.० अपेरेटिङ सिस्टम समावेश छ।

फोन ४ र ६ जीबी र्याम तथा ६४ र १२८ जीबी इन्टरन्ल स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ। यसका साथै फोनमा पछाडि पट्टि एफ/१.६ अपेचर लाइका लेन्स, एलइडी फ्ल्यास, फोरके भिडियो रेर्कडिङ क्षमताका २० र १२ मेगापिक्सेल गरी दुई क्यामेरा छन् भने सेल्फीका लागि एफ/२.० अपेचर लेन्स भएको ८ मेगापिक्सेलको क्यामेरा समावेश गरिएको छ।

त्यस्तै फोनमा फास्ट चार्जिङको सुविधासहितको ४ हजार एमएएच क्षमताको ब्याट्री छ। यसबाहेक फोनमा एक मिटर वा ३० मिनेटसम्मको अवधिसम्मको पानी तथा धुलो प्रतिरोधात्मक क्षमता समेत रहेको छ।

त्यस्तै पोर्स मोडल भने ६ जीबी र्याम तथा २५६ जीबी इन्टरनल स्टोरेज क्षमता रहेको छ। यो बाहेकका अन्य सबै फिचर्सहरु ‘प्रो’ जस्तै छन्। यी फोनहरुमा मेट टेन, मेट टेन प्रो र पोर्सको डिजाइको मूल्य क्रमशः ६९९ युरो, ९४२ युरो र १ हजार ३९५ युरो निर्धारण गरिएको छ।

यी फोनहरु नेपाली बजारमा आइपुग्न अर्को एक महिना लाग्ने हुवावेले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.