सामसङ्ग डिजिटल प्लाजा चुच्चेपाटीमा खुल्यो

SAMSUNG CSC


सामसङ्गको आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सले बौद्ध चुच्चेपाटीमा सामसङ्ग डिजिटल प्लाजा संचालनमा ल्याएको छ।

अत्याधुनिक र सुविधा सम्पन्न प्लाजामा सामसङ्गका इलेक्ट्रोनिक्स तथा होम अपलायन्सका सामानहरु पाइने बताइएको छ।  बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङ्गका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यका साथ सुविधा सम्पन्न प्लाजा चुच्चेपाटीमा संचालन गरिएको हिम इलेक्ट्रोनिक्सले जनाएको छ।

हिम इलेक्ट्रोनिक्स निर्देशक सीमा गोल्छा र सामसङ्गका ब्रान्ड एम्बेस्डर ज्योत्सना योगीले संयूक्त रुपमा शोरुमको उद्घाटन गरे। यो प्लाजामा सामसङ्गका कर्भ्ड टिभी, एलइडी टिभी, मोबाइल फोन, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन लगायत उत्पादनहरु पाइने छ।

काठमाडौँ उपत्यका भित्र ८ वटा र उपत्यका बाहिर ५ वटा गरेर हालसम्म १३ वटा सामसङ्ग प्लाजा खुुलिसकेको छ। नयाँ शोरुम शुभारम्भ भएको अवसरमा हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले ग्राहकहरुको बढ्दो मागलाई व्यवस्थित गर्न शोरुम स्थापना गरिएको बताइन्।

‘हामी देशभरी रहेका आफ्ना ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौँ’ उनले भनिन्। नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकका लागि आकर्षक अफर पनि प्रदान गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.