सिटिभीले ल्यायो मोबाइल किन्दा हात खाली नजाने उपहार


सिटिभी मोबाइल कम्प्लेक्सले मोबाइल खरिद गर्नेहरुलाई हात खाली नजाने उपहार योजना ल्याएको छ। ताम्राकार मोबाइल कम्प्लेक्सको पहिलो तल्लामा रहेको सिटिभी मोबाइलले बम्पर उपहारमा आरवान फाइभ मोटरसाइकल, मलेसिया सिंगापुर भ्रमणको प्याकेज र आइफोन सेभेन पाउने योजना ल्याएको छ।

दसैँ र तिहारमा सिटिभीमा मोबाइल खरिद गर्नेले ति उपहारबाहेक ताम्राकार मोबाइल बजारले राखेको उपहार, बिभिन्न मोबाइल कम्पनीले दिने छुट तथा उपहार समेत पाउने बताइएको छ।

हात खाली नजाने उपहारमा दैनिक मोबाइल, सुन चाँदीको सिक्का, पावर बैंक, ब्लुटुथ एअरफोन, टिसर्ट, १ सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्म क्यास रहेका छन्। साथै मोबाइल किन्दा ६ देखि ६० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.