सेल्फी केन्द्रित ओप्पोकाे ‘ए सेभेन वान ’ माेबाइल नेपाली बजारमा, यस्ता छन् फिचर्स


ओप्पो ए७१ स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ। सस्तो मूल्यमा धेरै फिचर्स भएको फोन नेपालमा सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ। ओक्टा–कोर सीपीयू +३ जीबी ¥याम र ३ हजार एमएएच ब्याट्री क्षमता सहितको उक्त फोनको मूल्य कम्पनीले २१ हजार ९ सय ९० निर्धारण गरेको छ ।

गोल्ड कलरमा रहेको यो फोन प्रयोगमैत्री भएको कम्पनीले जानकारी दिएको छ।

ओपो ए७१मा कम्पनीले तिब्र कार्य सम्पादनका लागि ओक्टा–कोर सीपीयू र तीन जीबी ¥याम जडान गरिएको जनाएको छ। जसमा ६४ बिट ओक्टा कोर सीपीयूले सहज मल्टिटास्किङका साथै विभिन्न एप स्विच गर्दा सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ।

१६ जीबी आन्तरिक मेमोरी भएको यो फोनमा २ सय ५६ जीबी सम्म बढाउन सकिने फोनमा ३ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ।
५ दशमलव २ ईञ्चको स्क्रिन भएको फोनमा मेटालिक यूनिबडी रहेको छ। ५ मेगापिक्सेल क्षमता भएको क्यमोरा अगाडि रहेको फोनमा १३ मेगापिक्सेल क्षमताको रियर क्यामेराले बोके ईफेक्टले तस्विरमा रहेको ब्याकग्राउण्ड धमिल्याउँदै विषयलाई थप स्पष्टता प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.