सामसङको फोल्ड गर्न मिल्ने फोन आगामी वर्ष मात्र

सामसङको फोल्ड गर्न मिल्ने फोन आगामी वर्ष मात्र


दक्षिण कोरियाली फोन उत्पादक कम्पनी सामसङले केही समयअघि मात्रै ‘नोट एट’ सार्वजनिक गरेको छ। तर ‘नोट’ सिरिजको आगामी संस्करण भने अझ खास हुने भएको छ।

सामसङको मोबाइल बिजनेस प्रमूख डोङजिन कोहले विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुसँग कुरा गर्दै आगामी वर्ष फोल्ड गर्न मिल्ने फोन सार्वजनिक गर्ने गरी काम गरिरहेको खुलासा गरेका छन्।

कोहले फोल्डेबल फोन ग्यालेक्सी नोट सिरिजमा आउने समेत उल्लेख गरेका छन्।

सामसङको सो फोन यसै वर्ष भित्र सार्वजनिक हुने चर्चा थियो। कोहले यसबारेमा स्पष्ट पार्दै भने, ‘फोल्डेबल फोन निमार्णको हाम्रो प्रयास पक्कै पनि भिन्न छ। यसमा नविनतम् प्रविधिको बेजोड प्रयोग गर्नुपर्ने हँुदा हामी कुनै प्रकारको समस्या देखा नपरोस भन्ने सजगताका साथ निकै मेहेनत गरिरहेका छौँ।’

सामसङ बाहेक चिनिया फोन उत्पादक कम्पनी लेनोभोले समेत फोल्ड गर्न मिल्ने ट्याबलेट निर्माण गरिरहेको जनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.