ट्रान्सन होल्डिङ्गका फोन नेपाली बजारमा


मोबाइल उत्पादक तथा कम्युनिकेसन डिभाइस वितरक कम्पनी ट्रान्सन होल्डिङ्गले टेक्नो, आइटेल र ओराइमो गरी तीन नयाँ फोनहरु नेपाली बजारमा भित्र्याएको छ।

ट्रान्सन होल्डिङ्गको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइलले यी फोनहरु भित्र्याएको हो।

कम्पनीकाअनुसार ग्राहकहरुले मोबाइलमा १२ महिनाको वारेन्टी पाउने छन्। टेक्नोमा १३ महिना र आइटेलमा १२ महिनाको वारेन्टी बाहेक १ सयदिनसम्म सट्टा गर्न मिल्ने वारेन्टी सुविधा समेत प्राप्त गर्न सक्नेछन्।

ट्रान्सन होल्डिङ्गको विश्वभर ५८ वटा देशहरुमा उपस्थिति रहेको छ। नेपालमा यो कम्पनीले ४ वटा टेक्नो स्मार्ट फोनहरु आइसेभेन, सिएक्स एयर, डब्लुएक्स थ्री र डब्लुएक्स फोर भित्र्याएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.