आइप्याड प्रो १०.५” बजारमा


नेपालका लागि एप्पल फोनको आधिकारिक विक्रेता एभोस्टोरले नयाँ आइप्याड प्रो १०. ५” बजारमा ल्याएको छ।  उसले सो प्याडको लबिम मल, शेर्पा मल र मर्कन्टाइल प्लाजास्थितका एप्पल प्रोडक्टस शोरुममार्फत सार्वजनिक गरेको छ।

यस आइप्याडमा प्रोमोसन टेक्नोलोजी तथा रि–डिइन्ड रेटिना डिस्प्ले जडित छ। सफारीमा पेज स्क्रोल गर्दा वा थ्री डी गेमको रमाईलो लिँदा यो सरल, छिटो र उत्कृष्ट रहेको कम्पनीको दावी छ।

६४ जिबी, २५६ जिबी र ५१२ जिबी तीन भिन्न क्षमतामा रहेका यी आईप्याडको मूल्य ८८ हजारबाट सुरु हुने कम्पनीले जनाएको छ। विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा किस्ताबन्दीको व्यवस्था पनि गरिएको एभोस्टोरले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.