ओप्पोद्वारा ‘फादर्स डे सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत


‘ओप्पो फादर्स डे सेल्फी कन्टेष्ट’का विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर वितरण गरिएको छ। भदौ ८ देखि १४ सम्म आयोजित उक्त प्रतियोगिताको विजेताका रुपमा बेन्जना कौशिक, निर्मल बोगटी, सुर्य प्रकाश श्रेष्ठ र प्रवेश मान पति छनोट भएका हुन्।

सिटी सेन्टरमा आयोजित एक कार्यक्रममा ओप्पोकोे नेपालका लागि प्रबन्ध निर्देशक बबी झाओले विजेतालाई पुरस्कार हस्तान्तरण गरेका थिए। ‘नेपालमा फेसबुक मार्फत आयोजित ओप्पोको यो दोस्रो सेल्फी कन्टेष्ट हो। ‘प्रतियोगिताहरुमा देखिएको उत्साहजनक सहभागिताले हामीलाई थप हौसला प्रदान गरेको छ’, पुरस्कार वितरण समारोहमा बोल्दै झाओले भने ‘हामी चाँडै नै अझ आकर्षक उपहार सहित नयाँ–नयाँ प्रतियोगिता लिएर प्रस्तुत हुनेछौँ।’

ओप्पोले नेपालीसँग स्थानीय चाड–पर्वको माध्यमबाट सामिप्यता बढाउन विभिन्न प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ। जसअन्तर्गत बुबाको मुख हेर्ने दिनको अवसर पारी कम्पनीले यस पटक सेल्फी कन्टेष्टको आयोजना गरेको हो।

६ दिनका लागि आयोजित सेल्फी कन्टेष्ट अन्तर्गत कम्पनीको आधिकारिक फेसबुक पेज मार्फत ईच्छुकलाई आफ्ना बुवासँगको उत्कृष्ट सेल्फी कमेण्ट बक्स मार्फत प्रेषित गर्न अनुरोध गरिएको थियो। कमेण्ट बक्स तथा ईनबक्सको माध्यमबाट प्रतियोगितामा ६ सय भन्दा बढीले उत्साहजनक सहभागिता जनाएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.