दसैँको अवसरमा ‘क्यास्परस्की’को नयाँ संस्करणमा छुट अवसर


एण्टी भाइरस क्यास्परस्कीको नयाँ संस्करणहरु नेपाली बजारमा सार्वजनिक विक्री वितरण सुरु भएको छ।

नेपालका लागि रसियन क्यास्परस्की ल्याबको आधिकारिक विक्रेता सागर टेक्नालिङ्गले ल्यापटप, डेस्कटप तथा म्याक कम्प्युटर र एण्ड्रोइड फोनको डिजिटल सुरक्षाका लागि ‘क्यास्परस्की इन्टरनेट सेक्युरिटी’, ‘क्यास्परस्की एण्टीभाइरस’ र ‘क्यास्परस्की टोटल सेक्युरिटी’ गरी तीन नयाँ संस्करणहरु सार्वजनिक गरेको हो।

इन्टरनेट सुविधामा निर्भर हुँदै गइरहेको जीवनशैलीसँगै बढ्दै गइरहेको जोखिमलाई न्युनीकरण गर्न एण्टीभाइरस सफ्ट्वेयर प्रयोग गरिँदै आएको छ।

कम्पनीले दसैँ अवधिभरसम्म उपभोक्ताका लागि ३  डिभाइस एण्टीभाइरसको स्पोर्टसहित १ हजार ७ सय ५० तथा स्पोर्ट बाहेक ८ सय ७५ तथा एक हजार मूल्य रहेको १ डिभाइस एण्टीभाइरसको ५ सय मा उपलब्ध गराएको जनाएको छ।

त्यसै गरी दसैँको अवसरमै इन्टरनेट सेक्युरिटी र टोटल सेक्युरिटी उत्पादनहरु पनि ५० प्रतिशत सम्मको छुटको व्यवस्था समेत गरेको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.