डिस्प्ले नफुट्ने स्मार्टफोन ! (भिडियो)


चिनियाँ कम्पनी आइभूमीले दुई नयाँ स्मार्टफोन ल्याउने भएको छ। कम्पनीले आगामी सेप्टेम्बर ५ तारिखमा ‘मी ३ र मी ३ एस’ सार्वजनिक गर्दैछ र, यसका लागि ‘सम्बन्धित’ लाई निम्तो पठाइसकेको जानकारी समाचारमाध्यमले दिएका छन्।

आइभूमीले एक भिडियो जारी गरेपछि यी फोन अहिले चर्चामा छन्। उक्त टिजरमा आइभूमीका नयाँ स्मार्टफोनको डिस्प्ले नफुट्ने विशेषता देखाइएको छ।

भिडियोमा एक युवकको फोनमा धेरैपटक अलार्म बजेपछि दिक्क भएर भित्तामा फ्याँक्छन्। अनि भूँइमा फोन हुन्छ, जसको डिस्प्लेमा लेखिन्छ–‘स्याटरप्रुफ डिस्प्ले, कमिङ सुन।’

‘स्याटरप्रुफ’ डिस्प्ले भएका यी फोनका अन्य विशेषताबारे भने कुनै जानकारी आइसकेको छैन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.