प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मममा प्रधानमन्त्रीको नयाँ खाता प्रयोगमा ल्याएको छ।
कार्यालयले सूचना नै जारी गरेर सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक खाताबारे जानकारी दिएको हो।
एक्समा @pmsushilakarki, फेसबुकमा PM Sushila Karki र इन्स्टाग्राममा pm.sushila.karki नामको खाता प्रधानमन्त्री कार्कीको आधिकारिक खाता रहेको सूचनामा उल्लेख छ।
एक्स र फेसबुकका खाताहरूमार्फत प्रधानमन्त्री कार्कीको सन्देश र सूचनाहरू पनि प्रवाह भएका छन्।
एक्समा यसअघि @Pm_nepal_ नाम गरिएको ह्यान्डल सञ्चालित थियो। उक्त ह्यान्डल अहिले पनि सक्रिय रहेको देखिएको छ।
